Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल-हमास युद्धमा प्यालेस्टाइनको समर्थनमा उभिए किम जोङ उन

इजरायल-हमास युद्धमा प्यालेस्टाइनको समर्थनमा उभिए किम जोङ उन


एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन पनि इजरायल–हमास युद्धमा प्रवेश गरेका छन् । उनी प्यालेस्टाइनको समर्थनमा उभिएका छन् ।

किम जोङ उनले आफ्ना अधिकारीहरूलाई प्यालेस्टाइनलाई समर्थन गर्न आदेश दिएका छन्।

उत्तर कोरियाले इजरायलसँगको युद्धका लागि प्यालेस्टाइनलाई हतियार उपलब्ध गराउने वाचा पनि गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

किम जोङ उन हाल इजरायललाई हराउन प्यालेस्टाइनलाई सहयोगको रणनीति बनाइरहेको बताइएको छ ।

यसका लागि उनले प्यालेस्टाइन र मध्यपूर्वका अन्य देशहरूलाई पनि हतियार उपलब्ध गराउने मिडिया रिपोर्टमा उल्लेख छ ।

दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले ुप्यालेस्टिनीहरूलाई समर्थन गर्न अधिकारीहरूलाई आदेश दिएका छन् र मिलिशिया समूहहरूलाई हतियार बेच्ने विचार गर्न सक्ने रिपोर्ट गरेको छ।

उनीहरूले हमास र हिजबुल्लाह जस्ता संगठनहरूलाई पनि हतियार बेच्न सक्ने बताइएको छ।

यदि यस्तो भयो भने इजरायलको समस्या बढ्न सक्ने अनुमान गरिएको छ।

यस्तो अवस्थामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका चुनौती थपिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT