Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा रहेका सात हजार विदेशीलाई इजिप्टमा प्रवेश गर्न दिइने

गाजामा रहेका सात हजार विदेशीलाई इजिप्टमा प्रवेश गर्न दिइने


एजेन्सी । इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ ।

इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो ।

इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्याउन इजिप्टले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताएका हुन् ।

इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामा हालै इजरायलले गाजामा गरेको घेराबन्दी सुरु भएयता पहिलो पटक बुधबार सयौं विदेशी राहदानीधारी र दशौं घाइते प्यालेस्टिनीलाई गाजाबाट इजिप्टका अस्पतालमा उपचार गर्न ल्याइएको छ ।

इजिप्टले १० लाखभन्दा बढी गाजावासीलाई दक्षिणतर्फ स्थानान्तरण गर्न दबाब दिने इजरायलको प्रयासको आलोचना गर्दै आएको छ र यसअघि राफा सीमा नाका हुँदै देशको सिनाई प्रायद्वीपमा प्यालेस्टिनी शरणार्थीहरूको आगमनलाई अस्वीकार गरेको दोहोर्याएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन

एजेन्सी । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ।उनी चिरपरिचित कुटनीतिज्ञ हुन्। नोवेल शान्ति

‘कहिल्यै आमनेसामने बस्ने छैन’, किम जोङ उनकी बहिनीले अमेरिकाको प्रस्ताव…

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोन उनकी बहिनीले अमेरिकासँगको वार्ताको प्रस्ताव अस्वीकार गरेकी छन् । साथै उनले थप भूउपग्रह

इजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन

एजेन्सी । इजरायल र हमासबीचको युद्धमा विस्तारित युद्धविरामको आज अन्तिम दिन हो । केही बन्धकहरूलाई रिहा गर्ने सम्भावना छ। इजरायलले

गाजामा युद्धविराम अझै लम्बिन सक्छ! हमासद्वारा थप १६ जना बन्धक…

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामको बीचमा हमासले गाजा पट्टीबाट १६ जना बन्धकहरूलाई इजरायललाई सुम्पेको छ । रोयटर्सको रिपोर्टका अनुसार

अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे जापानको याकुशिमा टापुमा दुर्घटना

एजेन्सी । अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे बुधबार जापानको याकुशिमा टापुमा दुर्घटनामा परेको छ । विमानमा चालक दलका सदस्यसहित

हमासद्वारा ६९ बन्दी मुक्त, विपिनको अवस्था अझै अज्ञात

एजेन्सी। इसराइलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ। इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको

Techie IT