Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त


एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने शर्त अघि सारेको छ ।

साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको पालनामा गम्भीर हुन आह्वान गरेको छ ।

“युद्धविरामको पालना गर्न दुवै पक्ष गम्भीर रहेको स्पष्ट भएपछि, अमेरिका र साउदी अरबले द्वन्द्वको समाधान वार्ताबाट खोज्न तथा अवरुद्ध भएका वार्तालाई पुनः सुरु गर्न अमेरिका र साउदी तयार छन्,” अमेरिका विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री एन्टोनी ब्लिङ्केन ओस्लो पुगेपछि भनेका छन् ।

सुडानको सेनाले बुधवार युद्धविराम वार्ताबाट बाहिरिएपछि अर्धसैनिक बलको आधार क्षेत्रमा विस्फोट गराएको छ भने आफ्नो प्रतिद्वन्द्वीले सहायता सामग्री प्राप्तिमा अवरोध गर्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षबाट युद्धविरामको गम्भीर उल्लङ्घन भएको बताएका छन् । सुडानी जनताप्रतिको दायित्व दुवै पक्षले बिर्सन नहुनेमा जोड दिँदै उनले युद्धविरामको पालना गर्न आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशकाे जनसंख्या बढाउन जापान सरकारले ल्यायाे डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी

एनडीएको संसदीय दलको नेता चुनिए मोदी

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका

गाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको

सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

काठमाडौँ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको

अभिनेत्री कंगना रनौतले जितिन् लोकसभा चुनाव

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । भारतको हिमाचल प्रदेशको मन्डीबाट उनले चुनाव जितेकी हुन् ।

Techie IT