Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले सिरियामा फेरि बम खसाल्यो

अमेरिकाले सिरियामा फेरि बम खसाल्यो


एजेन्सी । इजरायल-हमास युद्ध क्षेत्रीय विवाद बन्ने खतरा निरन्तर छ। पछिल्ला केही दिनमा अमेरिकी सैन्य आधार शिविरमा दर्जनौं आक्रमण भएका छन् । यसैबीच, अमेरिकाले पूर्वी सिरियामा इरान समर्थित मिलिसियासँग जोडिएको आधार शिविरमा हवाई आक्रमण गरेको छ ।

इरानी सेनाले रिभोलुसनरी गार्डसँग सम्बन्धित स्थानहरूमा पनि बमबारी गरेको छ।

अमेरिकी वायुसेनाले दुई एफ १५ लडाकु विमानबाट आक्रमण गरेको थियो।

विगत केही हप्तादेखि यस क्षेत्रमा अमेरिकी सैन्य अखडाहरूमा बढ्दो आक्रमणको प्रतिक्रियास्वरूप यी आक्रमणहरू गरिएको हो।

अमेरिकी अधिकारीहरूले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको बताएका छन्। दुई हप्तामा अमेरिकाले इरान समर्थित सशस्त्र समूहहरूले प्रयोग गर्ने लक्ष्यहरूमा आक्रमण गरेको यो दोस्रो पटक हो। इजरायल–हमास युद्धको बीचमा सिरिया–इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र मिसाइल आक्रमण भएको देखिएको छ ।

यी आक्रमणमा दर्जनौं अमेरिकी सेनाका सैनिक पनि घाइते भएका छन् । अहिलेसम्मको आक्रमणमा ४५ सैनिक घाइते भएको पेन्टागनले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमासद्वारा ६९ बन्दी मुक्त, विपिनको अवस्था अझै अज्ञात

एजेन्सी। इसराइलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ। इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको

यी हुन् हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची

एजेन्सी । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक

अमेरिकाले इजरायललाई थप हतियार नदिने !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई केही शर्तसहित सैन्य सहायता उपलब्ध गराउने विचार ‘सही’ भएको विश्वास व्यक्त गरेका

युक्रेनमा यसरी मारिए पुटिनका ३ अफिसर

एजेन्सी । युक्रेनमा तीन रुसी एफएसबी अफिसरलाई विष खुवाएर मारिएको रिपोर्ट बाहिर आएको छ । उनीहरुको खानामा आर्सेनिक र मुसाको

‘अझै दुई महिना युद्ध जारी रहनेछ… युद्धविरामपछि फेरि आक्रमण गर्नेछौं’

एजेन्सी । इजरायल र हमासबीच विगत ५० दिनदेखि युद्ध चलिरहेको छ । शुक्रबारदेखि चार दिनका लागि युद्ध बन्द भएको छ

नयाँ दिल्लीको प्रदूषणलाई २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ। जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट

Techie IT