Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदलाई लामाको उत्तराधिकारी को होलान् ? चीनले भन्यो ‘हाम्रो स्वीकृति लिनुपर्छ’

दलाई लामाको उत्तराधिकारी को होलान् ? चीनले भन्यो ‘हाम्रो स्वीकृति लिनुपर्छ’


एजेन्सी । चीनले तिब्बतका आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारी को हुने भन्नेबारे देश भित्रैबाट निर्णय हुनुपर्ने र यसका लागि अनुमति लिनुपर्ने बताएको छ ।

दलाई लामा अहिले ८८ वर्षका भए ।

चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण तिब्बत क्षेत्रलाई दक्षिण एसियाको प्रवेशद्वारको रूपमा वर्णन गर्दै भारतीय सीमा नजिकैको पूर्वाधार विकासलाई हाइलाइट गरेको छ।

चीन सरकारले आफ्नो श्वेतपत्रमा दलाई लामा र पञ्चेन रिन्पोछेलगायत तिब्बतमा बसोबास गर्ने सबै अवतारी बुद्धले देशभित्रै आफ्नो उत्तराधिकारी खोज्नुपर्ने बताएको छ ।

बेइजिङले दलाई लामाको उत्तराधिकारीलाई आफ्नो स्वीकृति आवश्यक पर्ने कुरामा जोड दिएको छ।

यसैबीच विश्लेषकहरूले अहिलेको पञ्चेन लामालाई तिब्बतमा व्यापक रूपमा स्वीकार नगरेकाले यो चिन्ताको विषय रहेको बताएका छन् ।

उनी नम्बर २ आध्यात्मिक नेता हुन् जसलाई चीनले दलाई लामाले मनोनित गरेको बालकलाई हटाएपछि नियुक्त गरेको थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT