Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुद्धका बीच इजरायली बस्तीहरूविरुद्ध संयुक्त राष्ट्र संघमा प्रस्ताव

युद्धका बीच इजरायली बस्तीहरूविरुद्ध संयुक्त राष्ट्र संघमा प्रस्ताव


एजेन्सी । इजरायल र हमासबीच जारी हिंसाको एक महिनाभन्दा बढी समय भइसकेको छ। इजरायलको आक्रमणबाट गाजा पूर्ण रूपमा ध्वस्त र विनाश भएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनमा इजरायली बस्ती स्थापनाको विरुद्धमा महत्वपूर्ण प्रस्ताव पारित भएको छ ।

इजरायलले पूर्वी जेरुसेलम र कब्जा गरेको सिरियाली गोलान क्षेत्रलगायत प्यालेस्टिनी भूभागमा निर्माण गरिरहेको बस्तीसम्बन्धी संयुक्त राष्ट्रसंघमा नोभेम्बर ९ मा प्रस्ताव आएको थियो । भारतसहित विश्वका १४५ देशले संयुक्त राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेर सर्वसम्मतिले इजरायलको कदमको विरोध गरेका छन् भने सात देश इजरायलको पक्षमा उभिएका छन् ।

इजरायल, मार्शल टापु, क्यानडा, हंगेरी, माइक्रोनेसियाको संघीय राज्य, नाउरु र संयुक्त राज्य अमेरिकाले प्रस्तावको पक्षमा मतदान गरे। जबकि १८ देश मतदानमा अनुपस्थित रहे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT