Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली बमबारीका कारण गाजाको अल-शिफा अस्पतालसँग डब्लुएचओको सम्पर्क टुट्यो

इजरायली बमबारीका कारण गाजाको अल-शिफा अस्पतालसँग डब्लुएचओको सम्पर्क टुट्यो


एजेन्सी । इजरायल र हमासबीचको युद्धको आज ३८ औं दिन । बारम्बार इजरायली आक्रमण र वरपरको क्षेत्रमा भीषण लडाइँका बीच गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पतालसँगको सम्पर्क टुटेको डब्लूएचओले दाबी गरेको छ।

आइतबार राति जारी एक विज्ञप्तिमा डब्ल्यूएचओले अस्पतालमा बारम्बार आक्रमणको डरलाग्दो रिपोर्टहरू आएको र अस्पतालसँग आफ्नो सम्पर्क टुटेको जनाएको छ ।

डब्ल्यूएचओले भनेको छ, ‘अस्पतालबाट भागेका केही व्यक्तिहरूलाई गोली हानेर घाइते बनाएको र मारिएको पनि रिपोर्ट आएको छ।’

सोमबार बिहानसम्म ६५० जना बिरामीहरू, ५०० जना जति स्वास्थ्यकर्मीहरू र लगभग १५०० जना विस्थापित मानिसहरू अझै अस्पताल भित्र छन्, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिकमा उल्लेख छ ।

बिजुली, पानी र खानाको अभावमा उनीहरुको ज्यान जोखिममा रहेको र अस्पतालबाट बाहिर निस्कने सुरक्षित बाटो नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डब्ल्यूएचओले एक बिरामीको मृत्यु भएको समेत बताएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापित

चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

एजेन्सी । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको

Techie IT