Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर

अमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर


एजेन्सी । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् ।

योन्हाप समाचार समितिका अनुसार ५५औँ सल्लाहकार बैठक (एससिएम) का क्रममा दक्षिण कोरियाका रक्षामन्त्री सिन वोक–सिक र उनका अमेरिकी समकक्षी लोयड अस्टिनले ‘अनुकूल प्रतिरोध रणनीति (टिडिएस)’ को संशोधित दस्तावेजमा हस्ताक्षर गरे ।

दुबै देशले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र र आणविक खतरालाई अझ राम्रोसँग सामना गर्ने प्रयासअन्तर्गत सोमबार (स्थानीय समय) उनीहरूको वार्षिक सुरक्षा वर्ताका क्रममा उक्त निर्णयको घोषणा गरेका हुन् । उत्तर कोरियाको तेस्रो आणविक परीक्षणपछि सन् २०१३ मा गरिएको निर्णयपछिको यो तेस्रो संशोधन भएको योन्हापले जनाएको छ ।

उत्तर कोरियाले छ वटा आणविक परीक्षण गरेको र आफ्नो सुरक्षाका लागि पूर्वनिर्धारित आणविक हमलाहरूको प्रयोग गर्ने अधिकार निहित गरेको सन्दर्भमा उसको बढ्दो आणविक र क्षेप्यास्त्र खतराहरूलाई अझ राम्रोसँग सामना गर्न अमेरिका र दक्षिण कोरियाले मुख्य सैन्य दस्तावेजलाई अद्यावधिक गर्नका लागि काम गरिरहेका छन् ।

योन्हापका अनुसार विदेशमन्त्री अस्टिनले दक्षिण कोरियाको सुरक्षाका लागि आणविकसहित आफ्ना सबै सैन्य क्षमताहरूको प्रयोग गर्नका लागि अमेरिकाको ‘विस्तारित प्रतिरोध’ को प्रतिबद्धतालाई दोहोर्याए ।

“दक्षिण कोरियाप्रति अमेरिकी विस्तारित प्रतिरोध प्रतिबद्धता दृढ बनेको छ, सँगै हामीले यो वर्ष यी सबै गठबन्धन प्राथमिकताहरूमा असाधारण प्रगति जारी राखेका छौँ, साथै जापानसहित एउटै विचारधारा भएका मुलुकहरू पहिलाभन्दा अझ धेरै निकट रहेर काम गर्न चाहेका छौँ”, हस्ताक्षर कार्यक्रममा उनले भने ।

यसैबिच दक्षिण कोरियाली विदेशमन्त्री सिनले सन् २०२३ मा दक्षिण कोरियामा अमेरिकाको रणनीतिक सम्पत्तिहरूको बढ्दो परिचालनले वासिङ्टनको विस्तारित प्रतिरोध प्रतिबद्धताको विश्वसनीयता बढेको बताएका छन् । रासस एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT