Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन कब्जा गर्यो

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन कब्जा गर्यो


एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ ।

यसैबीच इजरायलले ठूलो सफलता हासिल गरेको दाबी गरिएको छ ।

इजरायली सेनाले गाजाको संसद भवन कब्जा गरेको छ ।

यसको तस्विर पनि बाहिर आएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले हमासको संसद भवन कब्जा गरेको दाबी गरेका छन् ।

सेनाले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेको छ, जसमा इजरायली सैनिक हातमा हतियार र इजरायली झण्डा लिएर संसदमा बसेको देखिन्छ ।

अगाडि खाली कुर्सीहरु पल्टिएको देखिन्छ । गाजा सहरको यो संसद भवन विगत १६ वर्षदेखि हमासको नियन्त्रणमा थियो।

इजरायलका रक्षामन्त्री योभ गालान्टले गाजामाथि हमासको पूर्ण नियन्त्रण गुमेको दाबी गरेका छन् । हमासले गाजामा विगत १६ वर्षदेखि कब्जा जमाएको थियो । तर इजरायली आक्रमणका कारण हमासका आतंककारी पराजित भएका छन् ।

रक्षा मन्त्री योभ ग्यालान्टले भने कि हमासका आतंककारीहरू आफ्नो ज्यान बचाउन दक्षिणतिर दौडिरहेका छन्।

रक्षा मन्त्री योभ गालान्टले इजरायली आक्रमणमा हमासले आफ्नो महत्वपूर्ण आधारहरू गुमाएको, जसका कारण गाजामा हमासको पकड कमजोर भएको र गाजा उनीहरुको नियन्त्रणबाट बाहिर गएको बताएका छन्।

संसद भवन कब्जा गरेपछि पूरै गाजा इजरायलको नियन्त्रणमा आउन सक्ने रक्षामन्त्रीले बताएका छन् । उनले संसद भवन कब्जा गरेमा सम्पूर्ण गाजा नियन्त्रण गर्न सजिलो हुने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT