Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय७० बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसामु राख्यो यस्तो सर्त

७० बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसामु राख्यो यस्तो सर्त


एजेन्सी । इजरायल र हमासबीच जारी युद्धले अहिले भयानक रूप लिएको छ । यो युद्धमा दैनिक सयौं मानिसले ज्यान गुमाइरहेका छन् ।

गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २६ हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

यसका बाबजुद पनि गाजामा इजरायली आक्रमण जारी छ ।

करिब ४० दिनको युद्धपछि हमासले ७० जना बन्धकहरूलाई रिहा गर्न राजी भएको छ ।

तर यसका लागि हमासले इजरायलसमक्ष विशेष शर्त राखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हामासले पाँच दिनको युद्धविरामपछि ७० जना बन्धकहरूलाई रिहा गर्ने बताएको छ

अल कसम ब्रिगेडले यो प्रस्ताव इजरायलसमक्ष राखेको छ ।

यस प्रस्ताव मार्फत हमासले यदि इजरायलले गाजामा पाँच दिनको लागि आक्रमण रोक्छ भने, आफुहरु ७० जना बन्धकहरूलाई रिहा गर्न तयार हुने बताएको छ । ७० जना महिला र बालबालिका रिहा गर्ने हमासले बताएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT