Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअल शिफा अस्पतालमा हतियारको भण्डार भेटियो, आतंककारीले एमआरआई सेन्टरमा लुकाएका थिए एके ४७ राइफल

अल शिफा अस्पतालमा हतियारको भण्डार भेटियो, आतंककारीले एमआरआई सेन्टरमा लुकाएका थिए एके ४७ राइफल


एजेन्सी । इजरायली सेना गाजाको अल शिफा अस्पतालमा प्रवेश गरेको छ, जुन यहाँको सबैभन्दा ठूलो अस्पताल हो। अलशिफा भित्र केही स्थानहरूमा सैनिक र हमास आतंककारीहरू बीच भिडन्त जारी छ।

इजरायलले हमासलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ, जबकि त्यहाँ आतंकवादीहरूबाट लगातार गोलीबारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले यस अस्पतालको मुनि हमासको मुख्यालय रहेको र यहाँको एमआरआई सेन्टर कब्जा गरेको दाबी गरेको थियो ।

अस्पतालमा हमास आतकंकारीको खोजीका क्रममा इजरायली सेनाले ठूलो परिमाणमा हतियार फेला पारेको छ ।

आतंककारीहरूले एमआरआई मेसिनको पछाडि झोलामा हतियार लुकाएर राखेका थिए ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले बनाएको भिडियोमा केन्द्रका विभिन्न ठाउँमा हतियारहरू झोलामा लुकाएर राखिएको स्पष्ट देखिएको छ ।

यी हतियारहरू औषधि र चिकित्सा उपकरणहरूले ढाकिएका थिए।

इजरायली सैनिक र हमास आतंककारीहरू बीच गाजाका अन्य क्षेत्रमा छापामार युद्ध जारी छ। हजारौं हमास लडाकुहरू भूमिगत सुरुङहरूमा लुकेको बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT