Techie IT
२०८३ असोज ११, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अल शिफा अस्पतालमा हतियारको भण्डार भेटियो, आतंककारीले एमआरआई सेन्टरमा लुकाएका थिए एके ४७ राइफल

अल शिफा अस्पतालमा हतियारको भण्डार भेटियो, आतंककारीले एमआरआई सेन्टरमा लुकाएका थिए एके ४७ राइफल


एजेन्सी । इजरायली सेना गाजाको अल शिफा अस्पतालमा प्रवेश गरेको छ, जुन यहाँको सबैभन्दा ठूलो अस्पताल हो। अलशिफा भित्र केही स्थानहरूमा सैनिक र हमास आतंककारीहरू बीच भिडन्त जारी छ।

इजरायलले हमासलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ, जबकि त्यहाँ आतंकवादीहरूबाट लगातार गोलीबारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले यस अस्पतालको मुनि हमासको मुख्यालय रहेको र यहाँको एमआरआई सेन्टर कब्जा गरेको दाबी गरेको थियो ।

अस्पतालमा हमास आतकंकारीको खोजीका क्रममा इजरायली सेनाले ठूलो परिमाणमा हतियार फेला पारेको छ ।

आतंककारीहरूले एमआरआई मेसिनको पछाडि झोलामा हतियार लुकाएर राखेका थिए ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले बनाएको भिडियोमा केन्द्रका विभिन्न ठाउँमा हतियारहरू झोलामा लुकाएर राखिएको स्पष्ट देखिएको छ ।

यी हतियारहरू औषधि र चिकित्सा उपकरणहरूले ढाकिएका थिए।

इजरायली सैनिक र हमास आतंककारीहरू बीच गाजाका अन्य क्षेत्रमा छापामार युद्ध जारी छ। हजारौं हमास लडाकुहरू भूमिगत सुरुङहरूमा लुकेको बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT