Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा छिट्टै युद्धविराम हुनसक्ने, कतारमा इजरायल र हमासबीच सहमतिको बाटो खोजिँदै

गाजामा छिट्टै युद्धविराम हुनसक्ने, कतारमा इजरायल र हमासबीच सहमतिको बाटो खोजिँदै


एजेन्सी । इजरायल र हमासबीचको युद्धको आज ४१ औं दिन हो । एकातिर इजरायली सेनाले गाजाको अल शिफा अस्पताललाई युद्धको क्षेत्र बनाएको छ भने अर्कोतर्फ इजरायल र हमासबीच ब्याक च्यानल वार्ता पनि चलिरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

मध्यपूर्वी देश कतारको मध्यस्थतामा दुई समूहबीच युद्धविराम गराउने प्रयास भइरहेको छ । यदि यी वार्ताहरू आफ्नो गन्तव्यमा पुग्छन् भने इजरायलले तीन दिनको युद्धविरामको घोषणा गर्न सक्छ। बदलामा, हमासले लगभग ५० बन्धकहरूलाई रिहा गर्न सक्छ।

अमेरिकाको निगरानीमा भइरहेको यस वार्तामा इजरायलले इजरायली जेलमा रहेका केही प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने पनि चर्चा भइरहेको छ । साथै, मानवीय सहायता, आपूर्ति, पानी, औषधिहरू गाजामा छिटो पुग्न अनुमति दिन आग्रह गरिएको बताइएको छ ।

यद्यपि, कति प्यालेस्टाइनी महिला र बालबालिकालाई हमासले रिहाइका लागि शर्त राखेको छ भन्ने अझै स्पष्ट भएको छैन।

हमासले यो सम्झौतालाई हरियो संकेत दिएको छ तर इजरायल अझै अनिच्छुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ। इजरायलले यस युद्धविराम मस्यौदामा थप वार्ता गर्न चाहेको बताइएको छ।

यदि यो छलफल सफल भयो भने, यो अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाएका मानिसहरूको सबैभन्दा ठूलो रिहाई हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT