Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियके क्रिमिया पनि रुसको हातबाट फुत्किदैछ ? युक्रेनले भ्लादिमिर पुटिनलाई ठूलो झट्का दिने अनुमान

के क्रिमिया पनि रुसको हातबाट फुत्किदैछ ? युक्रेनले भ्लादिमिर पुटिनलाई ठूलो झट्का दिने अनुमान


एजेन्सी । रुस र युक्रेनबीच पछिल्लो २१ महिनादेखि चलिरहेको युद्धको सबैभन्दा विनाशकारी चरण सुरु हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनले युद्धको प्रारम्भिक चरणमा रुसले कब्जा गरेको क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

अहिले क्रेमलिनमा रुसी सैनिकलाई उक्त क्षेत्रबाट निष्कासन गरेको भन्दै हंगामा मच्चिएको छ ।

रुसले जवाफी हमला गर्नुअघि नै युक्रेनले क्रिमिया कब्जा गर्न अघि बढेको बताइएको छ ।

यदि युक्रेनले क्रिमियामा आक्रमण गर्छ भने, पुटिनले नेटोसँग बदला लिने बताइएको छ । युक्रेनले नेटोको उक्साहटमा अगाडि बढिरहेको बताइएको छ ।

नेटो देशहरूमा आक्रमणको प्रत्यक्ष अर्थ विश्व युद्धको उक्साहट भएको बताइएको छ।

रुसले आफ्नो नियन्त्रणमा लिएको क्षेत्रलाई जनमत संग्रह गराएर कब्जा गरेको थियो ।

रुसले युक्रेनको खेरसन, डोनेस्क, लुहान्स्क र जापोरिजियामा जनमत संग्रह गराएर झण्डा फहराएर कब्जा गरेको थियो ।

यी ठाउँहरूमा रुस समर्थित मेयरहरू पनि नियुक्त भएका थिए, तर खेरसनमा युक्रेनले फेरि कब्जा गरेको दाबी गरेको छ। यति मात्र होइन, युक्रेनका सिपाहीहरू क्रिमियातर्फ अघि बढेका छन् । युक्रेन निकै आक्रामक रुपमा अगाडि बढेको बताइएको छ। यस कारणले गर्दा रूसी सेनाहरू खेरसनबाट पनि पछि हट्नुपरेको थियो ।

अब रसियाले फेरि खेरसनका लागि नयाँ रणनीति बनाउनुपर्ने अवस्था आएको बताइएको छ । अहिले खतरा क्रिमियातर्फ छ । रुसले क्रिमियालाई अभेद्य किल्लामा परिणत गरेको छ ।

युक्रेनको दाबी निराधार नभएको मिडिया रिपोर्टमा उल्लेख छ । केही भिडियोहरू बाहिर आएका छन् जसले युक्रेनी सेनाहरू क्रिमियातर्फ द्रुत गतिमा अघि बढिरहेको पुष्टि गरेको बताइएको छ।

रुसले पनि खेरसनबाट धेरै सेना फिर्ता गरेको थियो जसको फाइदा युक्रेनले उठाएको हो ।

युक्रेनलाई कम मूल्याङ्कन गर्नु रुसका लागि ठूलो गल्ती साबित भयो। अब रुस सोच्न बाध्य छ कि पहिले खेरसनको नियन्त्रण फिर्ता लिने वा क्रिमियालाई बचाउने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT