Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘अझै दुई महिना युद्ध जारी रहनेछ… युद्धविरामपछि फेरि आक्रमण गर्नेछौं’

‘अझै दुई महिना युद्ध जारी रहनेछ… युद्धविरामपछि फेरि आक्रमण गर्नेछौं’


एजेन्सी । इजरायल र हमासबीच विगत ५० दिनदेखि युद्ध चलिरहेको छ । शुक्रबारदेखि चार दिनका लागि युद्ध बन्द भएको छ । यसैबीच इजरायलका रक्षामन्त्री योभ गालान्टले ठूलो बयान दिएका छन् । उनले युद्धविराम सानो राहत भएको बताए ।

गाजामा युद्ध अझै नरोकिएको र यो युद्ध कम्तिमा २ महिनासम्म जारी रहने उनले बताए।

इजरायली रक्षामन्त्रीको भनाइबाट यो स्पष्ट भएको छ कि नेतान्याहुको सेना लामो युद्धको लागि तयार छ, त्यसैले उनले आफ्ना ट्याङ्क र सैनिकहरू आफ्नो स्थानबाट एक कदम पनि पछि हट्ने छैनन् भन्ने स्पष्ट रूपमा भनेका छन्।

युद्धविरामका बीच शुक्रबारदेखि बन्धकहरुको रिहाइको पहिलो चरण सुरु भएको छ ।

धेरै दिनको युद्धपछि हमासले १३ इजरायलीसहित २५ जना बन्धकहरूलाई रिहा गरेको छ ।

बदलामा इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

इजरायल र हमासबीच एउटा सम्झौता भएको थियो, जसअन्तर्गत यो गरिएको थियो। हमासको बन्धनबाट मुक्त भएपछि इजरायली नागरिक इजिप्ट हुँदै आफ्नो देश पुगेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT