Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु, हालसम्म १७८ जना प्यालेस्टाइनीको मृत्यु

सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु, हालसम्म १७८ जना प्यालेस्टाइनीको मृत्यु


एजेन्सी । सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ । इजरायली सेनाको बमबारीका कारण गाजामा हालसम्म १७८ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । दुवै पक्षले एकअर्कालाई फेरि युद्ध सुरु गरेको आरोप लगाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाभन्दा कम अवधिमा १७८ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ५८९ जना घाइते भएका छन् ।

इजरायलले शुक्रबार गाजामा द्रुत हवाई हमला गरेको थियो। इजरायली सेनाले दक्षिणी गाजाका केही क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।

यसका लागि इजरायलले आकाशबाटै पर्चाहरू खसालेको छ ।

इजरायलले युद्धविरामपछि पनि युद्ध जारी रहने बताएको थियो ।

इजरायल र हमासबीच २४ नोभेम्बरदेखि चार दिनका लागि युद्धविराम भएको थियो । त्यसपछि थप तीन दिन थपिएको थियो।

यस अवधिमा हमासले इजरायली बन्धकहरूलाई पनि रिहा गरेको थियो र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको थियो। यस युद्धविरामको क्रममा हमासले ७० भन्दा बढी बन्धकहरूलाई रिहा गरेको थियो। यसमा महिला, बालबालिका र विदेशी नागरिक पनि पर्छन् ।

अर्कोतर्फ, इजरायलले पनि बन्धकहरूलाई रिहा गर्ने बदलामा १६० भन्दा बढी कैदीहरूलाई रिहा गरेको थियो। युद्धविरामको अन्तिम दिन बुधबार हमासले १६ जना बन्धकलाई रिहा गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT