Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता


एजेन्सी । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ ।

अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।”

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्गगित गर्नुपरेको थियो ।

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT