Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष: आईईए

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष: आईईए


एजेन्सी । सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ ।

सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म ईन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसङ्घको जलवायुपरिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन, कोप २८ मा करिब २०० देशले सम्झौता गरेपछि आईईएको पछिल्लो पूर्वानुमान आएको हो ।

कोइला कार्बन डाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो ऊर्जा–सम्बन्धित स्रोत हो जुन विश्वव्यापी तापमान वृद्धिको लागि अन्य हरितगृह ग्याँसहरूजस्तै जिम्मेवार छ ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा यस पहिले नै पूर्व–औद्योगिक स्तरभन्दा १।२ डिग्री सेल्सियसले तातो भइसकेको छ र सन् २०२३ विश्वमा आँधीबेहरी, खडेरी र घातक डढेलोको विस्तारको रूपमा रेकर्डमा सबैभन्दा गर्मी वर्ष हुने अनुमान गरिएको छ ।

चीन, भारत र इन्डोनेसियामा भएको वृद्धिले युरोप र संयुक्त राज्य अमेरिकामा बढ्दो मागलाई उछिनेपछि सन् २०२३ मा सबैभन्दा दूषित जीवाश्म ईन्धनको खपत १।४ प्रतिशतले बढेर ८.५ अर्ब टन पुगेको आईईएले जनाएको छ ।

“सन् २०२४ देखि विश्वव्यापी रूपमा कोइलाको माग घट्ने प्रवृत्ति देखा पर्ने अपेक्षा गरेका छौं,” पेरिसस्थित उर्जा निकाय आईईएले उल्लेख गरेको छ ।

आईईएका अनुसार सन् २०२३ मा चीनमा मात्रै २२ करोड टन अर्थात् ४।९ प्रतिशतले कोइला खपत बढेको छ भने भारतमा आठ प्रतिशत र इन्डोनेसियामा ११ प्रतिशतले बढेको छ ।

यूरोपमा खपत २३ प्रतिशत वा १० करोड ७० लाख टनले घटेको छ भने संयुक्त राज्य अमेरिकामा नौ करोड ५० लाख टन वा २१ प्रतिशतले घटेको छ, जसको मुख्य कारण कमजोर औद्योगिक गतिविधि र कोइलाबाट निकालिएको उत्पादनबाट नवीकरणीय ऊर्जातर्फको यात्रा हो ।

आईईएले युक्रेनमा जारी द्वन्द्वका कारण हाल कोइलाको चौथो ठूलो उपभोक्ता रहेको रूसमा मागको पूर्वानुमान गर्न कठिन भएको बताएको छ । रासस एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT