Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘अनुचित’ राज्य–सञ्चालित नीतिबाट हट्न येलेनको चीनसँग आग्रह

‘अनुचित’ राज्य–सञ्चालित नीतिबाट हट्न येलेनको चीनसँग आग्रह


एजेन्सी । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह गरेका छन्। उनले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताए ।

वासिङ्टनमा युएस–चीन बिजनेस काउन्सिलको ५०औँ वार्षिकोत्सवको रात्रिभोजमा उनले भने, “सरकारी स्वामित्का उद्यमहरूका लागि अत्यन्त मजबुत भूमिकाले वृद्धिलाई रोक्न सक्छ र सुरक्षा संयन्त्रका लागि अत्यधिक भूमिकाले लगानीलाई निरुत्साहित गर्न सक्छ ।”

बौद्धिक सम्पत्तिका लागि सीमित सुरक्षा र घरेलु प्रतिस्पर्धीहरूलाई प्राथमिकता दिइएको भन्दै अमेरिकी कम्पनीहरूले चीनमा अनुचित व्यापारिक वातावरण रहेको लामो समयदेखि गुनासो गर्दै आएका छन् । यस वर्ष चीनमा काम गरिरहेका परामर्श फर्महरूमाथिको कारबाही र जासुसी विरोधी कानूनमा परिवर्तनले बेइजिङलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको ठानेर कारबाही गर्न पहिलाभन्दा पनि धेरै शक्ति दिने डर बढेको छ ।

हालै युएस–चीन बिजनेस काउन्सिल सदस्य सर्वेक्षणलाई उद्धृत गर्दै वित्तमन्त्री येलेनले कम्पनीहरूले लगानी योजनामा पुनरविचार गरिरहेकाले यो बेइजिङका लागि चासोको विषय हुनुपर्ने बताए ।

सन् २०१६ पछि कुनै पनि वर्षको तुलनामा सन् २०२३ को सर्वेक्षणमा कम्पनीहरूले ठूलो अनुपातमा केही परिचालनलाई चीनबाट बाहिर सार्ने योजनाको सङ्केत दिएका छन् । येलेनले कम्पनीहरूको योजनाले चीनमा संरचनात्मक सुधारहरूलाई अगाडि बढाउने सम्भावित लाभहरूतर्फ सङ्केत गरेको बताए ।

“धेरै लामो समयदेखि अमेरिकी कर्मचारी र कम्पनीहरू चीनसँग समानस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छैनन्”, चीनलाई उल्लेख गर्दै भने, “चीनले गैरबजार उपकरणहरूदेखि लिएर विदेशी कम्पनीहरूको पहुँचमा अवरोध र अमेरिकी कम्पनीहरू विरुद्ध जबरजस्ती कारबाहीसम्म अनुचित आर्थिक प्रचलनहरूलाई प्रयोग गर्दछ ।” रासस एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT