Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको प्रतिबद्धता

रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको प्रतिबद्धता


एजेन्सी । आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरूद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले विपक्षी नेताहले विदेशमा रहेर आफुविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई सङ्केत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पनि रूसी कानुनको कठघरामा उभिनुपर्ने चेतावनी दिएका छन्।

संसदको तल्लो सदन डुमामा पार्टीका नेताहरूसँगको भेटमा पुटिनले भने, “रूसको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपलाई रूसी कानुन अनुसार दण्डित र कठोर सजाय दिइनेछ ।”

उनले भने, “हामी हाम्रा जनताको स्वतन्त्रता, सार्वभौमिकता र आफ्नो भविष्य रोज्ने अधिकारको रक्षा गरिरहेका छौं । हाम्रो देशमा शक्तिको स्रोत केवल रूसका जनता मात्र हुन् ।”

गत वर्ष युक्रेनको युद्धभूमिमा पश्चिमा प्रतिबन्ध र असफलताको सामना गर्नुपरेका पुटिन सन् २०२३ को अन्त्यमा थप उत्साहित देखिएका छन् । पछिल्लो समय बहुचर्चित युक्रेनी प्रतिआक्रमणले रूसी रेखाहरू तोड्न असफल भएको छ, अर्थव्यवस्था सुधार भइरहेको छ, र कीभको लागि पश्चिमी समर्थन कमजोर भएको देखिन्छ, अमेरिकी कंग्रेस र युरोपेली सङ्घमा नयाँ सहायता कार्यक्रमहरू रोकिएका छन् ।

पुटिनले पछिल्लो समय युक्रेनी सैनिकलाई कैदीका रूपमा पक्राउ गर्ने क्रम ह्वात्तै बढेको बताउनुभएको छ ।

गत हप्ता उनले मार्च २०२४ को चुनावमा पाँचौं कार्यकालका लागि राष्ट्रपतिपदका लागि आफुले उम्मेदवारी दिने घोषणा गरेका थिए । प्रभावशाली विपक्षी नेताहरू जेलमा रहेकाले लगभग २५ वर्ष सत्तामा रहेका पुटिनलाई आफ्नो विजय यात्रा सहज बनेको छ ।

विशेष गरी भ्रष्टाचार विरोधी अभियानकर्ता एलेक्सी नाभाल्नीलगायत अधिकांश प्रमुख रूसी विपक्षी नेताहरू जेलमा थुनिएका छन् वा निर्वासित जीवन विताइरहेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT