Techie IT
२०८१ वैशाख १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदुर्लभ दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

दुर्लभ दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी


एजेन्सी । अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् ।

केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी शुक्रबार लेखेका छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ”

रोक्सी लैला नाम की जेठी छोरीको जन्म मङगलवार शाम साँझ ७स्४९ बजे भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान ६ः०९ बजे जन्म भएको हो ।

ह्याचरले भने, “चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्ना भाइबहिनीहरूसँग छुट्टी मनाउनको लागि समयमा नै आइपुगे ।”

आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । ह्याचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गरेका छन् ।

ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो । यो एक दुर्लभ जन्मजात अवस्था हो जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ । उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ ।

मे महिनामा नियमित आठ हप्ताको अल्ट्रासाउन्डका लागि अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनीसकेकी ह्याचरले यो पटक आफ्नो पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नो दुर्लभ दुई वटा गर्भाशयमा एक एक वटा भ्रुण रहेको थाहा पाएका थिए।

बर्मिङ्घमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा ह्याचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ ।

ह्याचरका अनुसार सन् २०१९ मा बङ्गलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

Techie IT