गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सामाजिक सद्भाव बिथोलेको आरोपमा नेपाली भ्लगर सिक्किममा पक्राउसामाजिक सद्भाव बिथोलेको आरोपमा नेपाली भ्लगर सिक्किममा पक्राउ नेपालीपत्र आईतबार, २०८० पुस १५ गते, १२:३४ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । सामाजिक सद्भाव बिथोलेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा आयोजना गरेको साकेला उत्सवमा सहभागी हुन सिक्किमको नाम्ची पुगेकी उनलाई शुक्रबार गान्तोकबाट पक्राउ परेकी हुन् ।उनलाई सामाजिक सद्भाव’ बिथोलेको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ ।उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ । यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले राईलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । #पक्राउ #भ्लगरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ७ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदानThe Film Nepal