Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशको सत्तारुढ दल अवामी लिगले २२३ सिट जित्यो

बंगलादेशको सत्तारुढ दल अवामी लिगले २२३ सिट जित्यो


एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतएका छन् ।

३ सय सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ । यसैबीच एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ ।

बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ । अवलले बंगलादेशको १२ औं संसदीय निर्वाचनमा कुल योग्य मतदाताको ४१.८ प्रतिशत पुगेको बताए । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उनले बताए ।

सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् । स्थानीय समयअनुसार आइतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो । आइतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT