Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियन्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् प्रेमीसँग विवाह

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् प्रेमीसँग विवाह


काठमाडौँ । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले विवाह गरेकी छन् । प्रेमी क्लार्क गेफोर्डसँग ५ वर्षअघि इन्गेजमेन्ट गरेकी आर्डर्नले शनिबार बिहे गरेकी हुन् ।

सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।शनिबार उनको विवाह समारोहमा परिवारका सदस्य, साथी र नजिकका राजनीतिकर्मी सहभागी भएका थिए । न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच विवाह समारोह आयोजना गरिएको थियो ।

विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । सन् २०१७ मा ३७ वर्षकै उमेरमा न्युजिल्यान्डको ४०औँ प्रधानमन्त्री बनेकी आर्डर्नले २०२३ जनवरीमा पदबाट राजीनामा दिएकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT