Techie IT
२०८२ जेठ ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययमनी शान्ति प्रक्रियाबारे छलफल

यमनी शान्ति प्रक्रियाबारे छलफल


एजेन्सी । यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पूतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ ।

यमनको प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पीएलसी) का अध्यक्ष रशाद अल अलिमीले संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गसँग आइतबार साउदी अरबको राजधानी रियादमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा ग्रुन्डबर्गले अल–अलिमीलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा हालै भएका बैठकका नतिजाका बारेमा जानकारी गराएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले यमनका जनताको आकाङ्क्षा पूरा गर्ने व्यापक राजनीतिक प्रक्रिया सुरु गर्न यमनलाई अहिले दिइएको अवसरबारे जोड दिए ।

ग्रुन्डबर्गले राज्यका संस्थाहरूको पुनः स्र्थापना, सुरक्षा र स्थिरता सुनिश्चित गर्ने र दिगो शान्ति स्थापना राजनीतिक प्रक्रियाका प्राथमिकताहरूमा रहेको उल्लेख गरे ।

आफ्नो तर्फबाट, अल–अलिमीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सम्बन्धित प्रस्तावहरू अनुसार ग्रुन्डबर्गको प्रयासलाई समर्थन गर्न पीएलसीको प्रतिबद्धतालाई पुष्टि गरे । उनले शान्तिको मार्गलाई पुनः जीवित गर्न र यमनका जनताको पीडा कम गर्न अन्तर्राष्ट्रिय प्रयासलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए ।

हुथी विद्रोहीलाई तत्काल सबै प्रकारका शत्रुता अन्त्य गर्न र व्यापक राजनीतिक समाधानमा पुग्न गम्भीर र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दै बैठक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१४ मा हुथी लडाकूसमूहले उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएर यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन वर्षौंलामो सैन्य द्वन्द्वमा फसेको छ । द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यसले अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा धकेलेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो

जम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको

इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना

चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

Techie IT