गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानको उडान सफलतापूर्वक सम्पन्नचीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानको उडान सफलतापूर्वक सम्पन्न नेपालीपत्र आईतबार, २०८० माघ २१ गते, १५:४७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । चीनमा हाइड्रोजन इन्धनबाट चल्ने विश्वकै पहिलो चार सिटे विमानले सफलतापूर्वक उडान सम्पन्न गरेको छ । विमानले उत्तरपूर्वी चीनको लियोनिङ प्रान्तको शेनयाङमा पहिलो उडान सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।यो विमान चीनले आफैँ बनाएको हो । चीनले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने आफ्नो योजनामा हाइड्रोजन विमानको उडान सफल हुनुलाई महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको जनाएको छ । उडानमा पर्याप्त शक्ति, उत्कृष्ट गति र निकै कम कम्पन तथा आवाज आएको पाइलटले उल्लेख गरेका खबरमा उल्लेख छ ।यो विमानले अरू विमानजस्तै उडान गर्ने र सामान्य विमानस्थल नै उडान अवतरणका लागि पर्याप्त हुने पनि जनाइएको छ । हाइड्रोजन ग्यास चुहावट र यसबाट हुने सम्भावित विस्फोटहरू रोक्न सबै खालका सुरक्षा उपकरण राखिएको छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानले अरू विमानको तुलनामा ४० प्रतिशत कम कम्पन उत्पन्न गर्ने र यसले पाइलटलाई धेरै नै सजिलो हुने विमान निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।हाइड्रोजन सबै प्रकारका ऊर्जाभन्दा स्वच्छ र मूल्यवान् छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानको कार्बन उत्सर्जन लगभग शून्य नै रहने खबरमा उल्लेख छ । #चीनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ३ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ आज हरिशयनी एकादशी पर्व ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal