Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता

रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता


एजेन्सी । रक्षामन्त्री राजनाथ सिंह र उहाँका जर्मन समकक्ष बोरिस पिस्टोरियसले मङ्गलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।

बैठकमा औद्योगिक सहयोगमा केन्द्रित रहेका द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल हुदैँछ ।

चारदिने भारत भ्रमणमा रहेका पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उहाँले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गरेका छन् ।

पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुनुहुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो।

आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गरेको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो ।

भ्रमणरत नेता पिस्टोरियसले भारतजस्ता साझेदारलाई सहयोग गर्न जर्मनी तयार रहेको बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

काठमाडौँ । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

देशकाे जनसंख्या बढाउन जापान सरकारले ल्यायाे डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी

एनडीएको संसदीय दलको नेता चुनिए मोदी

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका

गाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको

सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

काठमाडौँ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको

Techie IT