Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यानडाको जंगलमा लागेको आगो अमेरिकासम्म पुग्यो, ओटावापछि न्यूयोर्कसम्म पुग्याे धुवाँ

क्यानडाको जंगलमा लागेको आगो अमेरिकासम्म पुग्यो, ओटावापछि न्यूयोर्कसम्म पुग्याे धुवाँ


एजेन्सी । क्यानडाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण जलिरहेको वनलाई टाढाबाट देख्न सकिन्छ ।

३३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा आगो फैलिएको तथ्यबाट यी वनमा लागेको आगोको परिमाणको अनुमान लगाउन सकिन्छ ।

जंगलमा लागेको भीषण आगलागीका कारण ठूलो संख्यामा पशुपक्षी समेत मरेका छन् ।

आगलागीका कारण उक्त क्षेत्रका बासिन्दा ठूलो संख्यामा घर छाड्न बाध्य भएका छन् ।

क्यानडाको जंगलमा लागेको डढेलोको धुवाँ बुधबार अमेरिकाको पूर्वी तट र पश्चिम मध्यपश्चिममा फैलिएको छ ।

जसका कारण प्रभावित क्षेत्रका विमानस्थलमा धेरै उडान रद्द भएका छन् । खेलकुद गतिविधि पनि स्थगित गरिएको छ।

क्यानडाका अधिकारीहरूले यो क्यानडाको सबैभन्दा खराब डढेलो भएको बताएका छन्।

देशका विभिन्न भागबाट अमेरिकामा धुवाँ फैलिरहेको छ ।

क्यानडाको राजधानी ओटावाको डाउनटाउनमा धुवाँ बाक्लो रहेको छ ।

अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबाट ९५० भन्दा बढी अग्निनियन्त्रक र अन्य कर्मचारी आइपुगेका छन्, जसमा चाँडै नै आगो नियन्त्रण लिने अपेक्षा गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT