Techie IT
२०८१ कात्तिक २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता


काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

स्थानीय प्रशासनका अनुसार शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका हुन् ।

अझै वर्षाको सम्भावनाबीच करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन बाँच्न बाध्य छन् । बाढीका कारण करिब २५० सहर प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै ठाउँमा क्षति भएको छ ।

बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ ।

अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रे र यसको वरपरका क्षेत्रका सडक बाढीमा परिणत भएका छन् ।

पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

काठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

काठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै

अमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार भएको मतदानको मतगणना भइरहेको छ । हाल सम्म गणना सकिएको स्थान मध्ये रिपब्लिकन

गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्यु

एजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनाले

Techie IT