Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल


एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ ।

इजरायली सेनाले इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई मानवीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रमा जान अपील गरेको हो । तर संयुक्त राष्ट्रसंघीय निकायले सो क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएकाले हजार्रौ प्यालेस्टाइनीहरु थप मारमा पर्ने बताएको छ ।

हमास र इजरयालबीच जारी युद्धका क्रममा गाजाबाट बिस्थापित हजार्रौ प्यालेस्टाइनीहरु रफाहमा शरण लिइ बसेकोमा इजरायली सेनाले सो क्षेत्रमा ब्यापक हमला गरिरहेको छ ।

स्थानीय र विस्थापित मानिसहरूले भरिभराउ भएका रफाहका केही भागहरू अहिले खण्डहरमा परिणत भएको छ । इजरायलले रफाहमा योजनाबद्ध रुपमा आक्रमण जारी राखेकाले प्यालेस्टाइनीहरुको हताहती र मानवीय संकट निम्तन सक्ने आँकलन गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले आफ्ना बन्धकहरूलाई रिहा गरेकै भोलीपल्ट युद्धविराम हुने सम्भावना रहेको जनाउनु भएको छ । यद्दपी हमास भने स्थायी युद्धबिराम हुने भएमात्रै बन्धकहरु छोड्न राजी भएपछि वार्ताले निकास पाउन सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT