Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा चौथो चरणको मतदान जारी

भारतमा चौथो चरणको मतदान जारी


एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका लागि मतदान भइरहेको हो ।

चौथो चरणमा आन्ध्र प्रदेशका १७५ वटा विधानसभा सिट र उडिसाका २८ विधानसभा सिटका लागि पनि मतदान भइरहेको छ । आजको मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायतका एक हजार ७१७ उमेदवार चुनावी मैदानमा छन् ।

यस चरणमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन् भने १७ करोड ७० लाख मतदाता मत खसाल्न योग्य छन् । आज आन्द्र प्रदेशको २५ सीट, तेलंगानाको १७, उत्तर प्रदेशको १३, महाराष्ट्रको ११, पश्चिम बंगाल र मध्य प्रदेशको आठ–आठ, बिहारका पाँच, झारखंड र ओडिसाका चार–चार र जम्मु कश्मिरमा एक सीटका लागि पनि मतदान भइरहेको छ ।

भारतमा लोकसभाका ५ सय ४३ सिटका लागि विभिन्न सात चरणमा मतदान भइरहेको छ । अहिलेसम्म तीन चरणमा गरि २ सय ८५ क्षेत्रमा मतदान भइसकेको छ । अब २० मे मा हुने पाँचौ चरणमा ४९ सिट, २५ मे मा हुने छैटौं चरणमा ५७ सिट तथा १ जुनमा हुने सातौं चरणमा ५७ सिटका लागि मतदान हुन बाँकी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT