Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै उनको सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् । दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यसँग कुराकानी गरेका थिए ।

सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ । युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ । ‘हामी सहमतिको विपक्षमा छैनौं । तर युद्धमा संलग्न सबै राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई मध्येनजगर गर्दै सहमति हुनुपर्छ भन्ने पक्षमा छौं । संवादका लागि रूस तयार छ,’ पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने बताएको ग्लोबल टाइम्समा समाचार छ ।

पुटिनले रूस युक्रेन युद्ध अन्त्यका लागि चार सिद्धान्त अघि सारेका छन् । पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ– शीत युद्धकालीन मानसिकताको अन्त्य, सबैको सुरक्षाको प्रत्याभुति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र राष्ट्रसंघको वडापत्रमा आधारित आपसी सम्बन्धको सुनिश्चतताको प्रत्याभुति युद्ध अन्त्यका लगि अपरिहार्य छ । यस भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT