श्रीलंकामा बाढी र पहिरोका कारण १४ को मृत्यु
एजेन्सी । श्रीलंकामा मनसुनी आँधीबेहरी सहित आएको बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) का अनुसार राजधानी कोलम्बोनजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको हो ।
मे महिनाको शुरुदेखि नै मनसुनी वर्षा हुँदा प्रभावित भएको श्रीलंकाका विभिन्न शहरहरु बाढीको डुबानमा परेका छन् । बाढीका कारण हजारौै बिस्थापित हुनुका साथै सयौं सवारीसाधन पनि पुरिएका छन् । बाटो बाटोमा रुख ढलेका कारण सवारी आवागमन ठप्प भएको छ ।
जलवायु परिवर्तनको असरका कारण विनाश निम्तिएको भन्दै मौसमविद्हरुले सबैलाई सचेत तुल्याएका छन् । डिएमसीका अनुसार देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च ठाउँमा जान आग्रह गरीएको छ ।
यसैबीच श्रीलंका सरकारले थप वर्षाको सम्भावना रहेकाले अर्को सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक
एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी
एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि
एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश