Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह

गाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह


एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको आक्रमणमा कम्तिमा ३५ प्यालेस्टाइनी नागरिकको मृत्यु भएपछि अमेरिकाले पारदर्शिताको सवाल उठाएको हो । संयुक्त राष्ट्रसंघद्धारा संचालित उक्त विद्यलायमा हमास लडाकु समुहले आश्रय लिइरहेको इजरायलको भनाइ छ ।

इजारयली लडाकु विमानले हिजो नुसेरात शहरको शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षाकोठालाई निशाना बनाएको थियो । अमेरिकाले पारदर्शिताको कुरा उठाएपछि इजरायलले यो हमलामा हमासमा नौ जना लडाकु मारिएको दाबी गरेको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले १४ बालबालिका र नौ महिलासहित ४० जनाको मृत्यु भएको र ७४ जना घाइते भएको बताएको छ । गाजाको अर्को सहर रफाहमा इजरायली हमलामा ४५ जनाको मृत्यु भएको एक सातापछि यो हमला भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

काठमाडौँ । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

देशकाे जनसंख्या बढाउन जापान सरकारले ल्यायाे डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी

एनडीएको संसदीय दलको नेता चुनिए मोदी

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका

सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

काठमाडौँ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको

अभिनेत्री कंगना रनौतले जितिन् लोकसभा चुनाव

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । भारतको हिमाचल प्रदेशको मन्डीबाट उनले चुनाव जितेकी हुन् ।

Techie IT