गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ एनडीएको संसदीय दलको नेता चुनिए मोदीएनडीएको संसदीय दलको नेता चुनिए मोदी नेपालीपत्र शुक्रबार, २०८१ जेठ २५ गते, १८:२२ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए भने अमित शाहले समर्थन र नितिन गडकरीले अनुमोदन गरेका थिए । त्यस्तै जेडीएस अध्यक्ष कुमारस्वामीले प्रस्तावलाई समर्थन गरेका थिए ।एनडीएको बैठक सकिएपछि गठबन्धनका नेताहरूले आजै सरकार गठनको दाबी गर्ने छन् । मोदीले जुन ९ मा साँझ ६ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बताइएको छ । #नरेन्द्र मोदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ शङ्कर पोखरेल बेलायतमा ४ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ५ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ६ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ७ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिकThe Film Nepal