Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि उत्तर कोरिया पुगेका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उन प्योङयाङको विमानस्थल पुगेका थिए ।

यसअघि सन् २००० मा राष्ट्रपति पद सम्हालेको केही समयमै पुटिन पहिलो पटक त्यहाँ गएका थिए ।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारीको टोली सहभागी छ । उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

पुटिन र समकक्षी किमबीच आज औपचारिक भेटवार्ता हुँदैछ । उनीहरुबीच हातहतिहार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । यसअघि पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT