Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाईको पहिलो हप्ता रुस भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बीबीसी हिन्दीले जनाएको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उसाकोभले मोदीको भ्रमणको तयारी भइरहेको र दुवै पक्षले चाँडै मिति घोषणा गर्ने बताएका छन् । मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमणमा जाने तयारी गरिरहेका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्ने भएका छन् । पुटिन भने यसअघि सन् २०२१ मा भारत र रुसबीचको शिखर सम्मेलनमा सहभागी हुन भारत आएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा हिंसा भड्किएपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । बंगलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा

एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । तीन

भारतमा भएको उपचुनावमा विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट…

एजेन्सी। भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनावमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ

गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना…

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्

Techie IT