गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षतिबाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति नेपाली पत्र शनिबार, २०८० जेठ २७ गते, १४:०३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३ २४ को स्वीकृति दिन बोलाइएको संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई सम्बोधन गर्दै सोबारे जनाकारी गराएका छन् ।प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरेका छन् । एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई रोकिएको ऋण कार्यक्रमको पुनरुत्थानको आश्वासन दिइएको पनि जनाएका छन् । कोषका प्रमुखसँग एक घण्टा लामो टेलिफोन वार्तामा प्रधानमन्त्री शहबाज सरिफले आईएमएफसँगको नवौं समीक्षा जुलाई महिनामा सम्पन्न हुने कुरा दोहोर्याएका छन्। पाकिस्तानको राजनीतिक अस्थिरताबारे टिप्पणी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य नगरी आर्थिक विकास सम्भव नहुने पनि बताएका छन् ।पूर्व सरकारको गलत प्रतिबद्धताका कारण आईएमएफले पाकिस्तानलाई विश्वास नगरेको उनको बुझाइ छ। बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको पीडा थपिएको पनि प्रधानमन्त्रीले स्वीकार गरेका छन् । गठबन्धन सरकारका नीतिहरूका कारण यो आर्थिक समस्या देकिएको भन्दै प्रधानमन्त्री शेहबाज शरीफले आगामी दिनहरूमा स्थितिमा सुधार आउने बताएका छन् । #अमेरिकी डलरको क्षति #शेहबाज शरीफग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छः प्रधानमन्त्री ७ पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्युThe Film Nepal