Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु


एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ ।

सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो । प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घले तीन दिनमा सिन्जाबाट कम्तिमा ५५ हजार जना मानिस भागेको बताएको छ । छिमेकी राज्य गेडारेफमा यो हप्ता मात्र एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीले अनुमान गरेका छन् । सुडानमा समग्रमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT