Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत


एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वोच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ ।

अन्तरिम जमानत पाए पनि केजरीवाल जेलबाहिर आउन भने पाउने छैनन् । सर्वोच्चले उनलाई ईडीको तर्फबाट गरिएको पक्राउको विषयमा अन्तरिम जमानत दिएको हो । केजरीवाललाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले पक्राउ गरेको छ । केजरीवालले सीबीआईले गरेको पक्राउलाई लिएर दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । यो विषयमा यहि जुलाई १७ तारिखमा सुनुवाइ हुँदैछ ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा केजरीवाललाई ईडीले गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । पहिले उच्च अदालतमा पुगेको यो विषय त्यहाँबाट खारेज भएपछि सर्वोच्च अदालतमा पुगेको थियो ।

यसअघि लोकसभा चुनावका क्रममा प्रचारका लागि सर्वोच्चले २१ दिनका लागि अन्तरिम जमानत दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT