गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षाक्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा नेपालीपत्र बुधबार, २०८१ साउन २ गते, १०:३४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् ।तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।टोरन्टो हाइड्रोकाअनुसार आँधीले १ लाख ६७ हजारभन्दा धेरैलाई बिजुलीबिहीन बनाएको छ । क्यानडाको मौसमी रिपोर्टअनुसार टोरन्टोमा सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । हिजो त्यहाँ १ सय मिलिमिटर वर्षा मापन भएको बीबीसीले जनाएको छ ।वर्षाका कारण शहरमा ठूलो बाढी पसेको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द भएका छन् भने केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।टोरन्टोमा भएका खोला तथा नदीमा पानीको बहाव बढेकोले अझै धेरै डुबानमा फसेकाको उद्धार गर्न बाँकी रहेको त्यहाँँको मौसम विभागले जनाएको छ । #क्यानडा #बाढीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार ७ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जानेThe Film Nepal