इजरायली आक्रमणमा हिजबुल्लाहका कमाण्डर मारिए
एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको छ ।
लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनि व्याख्या गर्नुभएको छ । इजरायली रक्षा मन्त्री योभ गैलान्टले भने हिजबुल्लाहले सीमा नाघेको भन्दै सशक्त कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
फुआद शुक्र हिजबुल्लाहका मुख्य योजनाकारका रुपमा परिचित रहनुका साथै उनकै कमाण्डमा इजरायलमा आक्रमण हुने गरेको बुझिएको छ । लेवनानको दहियाह क्षेत्र हारेत अधिक जनसंख्या भएको र हिजबुल्लाहको बलियो किल्लाको रुपमा परिचित छ ।
इजरायली कब्जामा रहेको क्षेत्र गोलान हाइट्समा गत साता भएका आक्रमणमा हिजबुल्लाह जिम्मेवार रहेको इजरायलले लगाइरहेको आरोप भने हिजबुल्लाहले अस्वीकार गर्दै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित
एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा