गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ डाेनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुनेडाेनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने नेपालीपत्र शुक्रबार, २०८१ साउन २४ गते, १६:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ । अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।ट्रम्पले चुनावअघि डेमोक्र्याटिकका उम्मेदवारसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताएका थिए । यस्तै ह्यारिसले हिजो मिशिगनमा भएको एउटा कार्यक्रममा आफू ट्रम्पसँगको बहसमा सहभागी हुने पुष्टि गर्दै थप बहसका लागि पनि तयार रहेको बताएकाे खबरमा उल्लेख छ ।अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन् ।यसअघि गएको जुनमा वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच चुनावी बहस भएको थियो । त्यो बहसमा बाइडेन निकै अलमलिएका थिए । त्यही कारण पार्टीभित्र र बाहिर उनको आलोचना भएपछि उनी अन्ततः उम्मेदवार नबन्ने निणर्यमा पुगेका थिए । त्यसपछि कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका हुन् । #कमला ह्यारिस #डोनाल्ड ट्रम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युएजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्युएजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७० इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफीएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्युएजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटनाधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal