Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता

बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता


एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन फिर्ता लिएकोे घोषणा गरेको ढाका ट्रिब्युनले जनाएको छ ।

आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि अब सबैजना आआफ्नो जिम्मेवारीमा फर्कने अपेक्षा गरिएको प्रहरी अधिकारीले बताएका छन् । प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधिनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

गृह मन्त्रालयमा गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल एम सखावत हुसैनको अध्यक्षतामा भएको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी), र्याबका महानिर्देशकसहित अन्य अधिकारीहरूको सहभागिता थियो । विद्यार्थी आन्दोलनका क्रममा दर्जनौँ प्रहरी अधिकारी मारिएका थिए भने कैयौँ घाइते भएका थिए ।

प्रदर्शनमा उत्रिएका प्रहरी अधिकारीहरूले प्रहरी प्रतिष्ठानमा भएका आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका थिए । साथै, आन्दोलनमा ज्यान गुमाएका प्रहरी अधिकारीका परिवारलाई एकपटक आर्थिक क्षतिपूर्ति दिनुपर्ने, प्रहरी भर्नामा पारदर्शिता हुनुपर्र्र्नेसहितका माग राखेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

Techie IT