गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्युलेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु नेपालीपत्र बुधबार, २०८१ असोज २ गते, ०९:५५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका रहेका छन् ।इरानको समर्थन रहेको हिजबुल्लाहले भने विभिन्न हिजबुल्लाह एकाइ र संस्थाका कर्मचारीहरू सहित आठ लडाकुको मृत्यु भएको पुष्टि गरेको छ । बिष्फोटका कारण २८ सय बढी घाइते भएका छन् । २ सयको अवस्था गम्भीर छ । बिष्फोटमा इरानी राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । शृंखलाबद्ध बिष्फोटमा हजारभन्दा बढी हिजबुल्लाह सदस्यलाई निशाना बनाइएको बुझिएको छ ।यसैबीच संयुक्त राष्ट्रसंघले घटनाप्रति निन्दा व्यक्त गर्दै निकै नै दर्दनाक भनि व्याख्या गरेको छ । हिजबुल्लाहले इजरायललाई आपराधिक आक्रमण भनि दोष लगाउँदै यसको बदला लिने चेतावनी दिएको छ । यद्दपी इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।बिष्फोट हुनुभन्दा केही घण्टाअघि मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । #लेबनान #हिजबुल्लाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैThe Film Nepal