लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु
एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका रहेका छन् ।
इरानको समर्थन रहेको हिजबुल्लाहले भने विभिन्न हिजबुल्लाह एकाइ र संस्थाका कर्मचारीहरू सहित आठ लडाकुको मृत्यु भएको पुष्टि गरेको छ । बिष्फोटका कारण २८ सय बढी घाइते भएका छन् । २ सयको अवस्था गम्भीर छ । बिष्फोटमा इरानी राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । शृंखलाबद्ध बिष्फोटमा हजारभन्दा बढी हिजबुल्लाह सदस्यलाई निशाना बनाइएको बुझिएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले घटनाप्रति निन्दा व्यक्त गर्दै निकै नै दर्दनाक भनि व्याख्या गरेको छ । हिजबुल्लाहले इजरायललाई आपराधिक आक्रमण भनि दोष लगाउँदै यसको बदला लिने चेतावनी दिएको छ । यद्दपी इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
बिष्फोट हुनुभन्दा केही घण्टाअघि मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित