Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलमा इरानको हवाई हमला

इजरायलमा इरानको हवाई हमला


एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई साथ दिँदै आएको इरानले इजरायलमा विशाल मिसाइल प्रहार गरेको हो ।

इरानको हवाई हमलामा इजरायलको एक विद्यालय र तेल अबिबको एक रेस्टुरेन्ट ध्वस्त भएको छ । तेल अबिब र जेरुसलम लक्षित गरेको हवाई हमलाले उक्त क्षेत्रका आकाश धुँवाले भरिएको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याउले इरानले ठुलो भुल गरेको भन्दै यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इरानको हवाइ हमलापछि बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले यस्तो चेतावनी दिनुभएको हो ।

यता संयुक्त राष्ट्र संघ र युरोपियन युनिएन ईयूले इजरायलले पछिल्लो समय लेबनानमा हिजबुल्लाह लक्षित गरेको आक्रमणकाबीच युद्धविरामका लागि फेरि पनि आह्वान गरेको छ । यसका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आज बस्ने भएको छ ।

यता इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आफुहरु इरानविरुद्ध पनि सशक्त कारवाहीको तयारीमा रहेको जनाउँदै इरानले प्रहार गरेको मिसाइललाई इजरायल र अमेरिकाको वायु रक्षा प्रणालीले प्रभावकारी रूपमा रोक्न सफल भएको बताएका छन् । इरानले गम्भीर कदम चालेर मध्य पूर्वलाई द्वन्द्वतर्फ धकेलिरहेको आरोप पनि लगाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT