Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने


भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण नियन्त्रण समितिले विज्ञप्ति निकालेर सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।

समितिले यो निर्देशन उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झण्डै ३ करोड जनसङ्ख्या रहेको नयाँ दिल्लीमा यसअघि लगाइएको प्रतिबन्धलाई दिल्लीवासीले बेवास्ता गर्दै आएका छन् ।

प्रशासनले सुरक्षा र वायु प्रदूषण नियन्त्रणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ । तर यस वर्ष दिल्लीका अधिकारीहरूले प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै दैनिक कार्यप्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध यस वर्षको अन्त्यसम्म लागू हुनेछ ।

सन् २०२० मा ल्यान्सेटको रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा झण्डे १७ हजार ५ सय जनाको ज्यान गएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT