Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना


एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका लागि जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।

सन् २०२२ को मे महिनामा भएको यस घटनाले न्युयोर्क शहरबाट जर्मनीको फ्रैंकफर्ट हुँदै बुडापेस्टसम्म यात्रा गरिरहेका परम्परागत अर्थोडक्स यहुदी पहिरन लगाएका यात्रुहरूले विमान चढ्न पाएका थिएनन्। लुफ्थान्साका कर्मचारीले सन् २०२२ को सो उडानमा यहूदी यात्रुले मास्क लगाउनुपर्ने नियम पालना नगरेको भन्दै उनीहरुले टिकट काटेपनि बिमान चढ्न रोक लगाएका थिए । त्यस्तै ती यहूदीहरुलाई कनेक्टिङ फ्लाइटबाट पनि ब्लक गरिएको थियो। यसबारे अमेरिकी यातायात बिभागमा उजुरी परेको थियो ।

अमेरिकाले नागरिक अधिकार उल्लङ्घन गरेको अभियोगमा कुनै पनि वायुसेवा कम्पनीलाई दिइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताइएको छ । तर पछि अधिकांशलाई सोही दिन अन्य उडानहरूमा यात्रा गराइएको थियो ।

अमेरिकी यातायात मन्त्री पिट बुटिगिगले भने, ’कसैले पनि यात्रा गर्दा भेदभावको सामना गर्नु हुँदैन र आजको कार्यले वायुसेवा उद्योगलाई स्पष्ट सन्देश दिएको छ कि हामी यात्रुहरूको नागरिक अधिकार हनन भएमा अनुसन्धान गर्न र कारबाही गर्न तयार छौं।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT