Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजी–७ को रक्षा शिखर सम्मेलन शुरु नेपल्समा शुरु

जी–७ को रक्षा शिखर सम्मेलन शुरु नेपल्समा शुरु


एजेन्सी । जी–सेभेनका रक्षा मन्त्रीहरुको बैठक इटालीको दक्षिणी शहर नेपल्समा शुरु भएको छ ।

मध्यपूर्वमा तनाव बढेको र युक्रेन माथि दबाब बढ्दै गएको अवस्थामा जि सेभेन नेताहरु छलफलमा जुटेका हुन् । अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलन भैरहेको हो । इटालीका रक्षा मन्त्री गुइडो क्रोसेट्टोले म्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्व बारे छलफल गर्न पर्याप्त स्थान दिइने बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा रहेको छ । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षा मन्त्रीस्तरीय पहिलो बैठक आयोजना गरेको हो ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिन पछि बैठक हुन लागेको हो ।

जाडोयाममा रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना बारे पनि बैठकमा छलफल हुने समाचारमा उल्लेख गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT